लिखुपिके २,३ र ४ मा हाइड्रोपावर संघर्ष समिती गठ्न

सोलुखुम्बु:एमभी दुगट गुप्र द्वारा सञ्चालित रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु नदिमा निर्माण भइसकेका तथा निर्माणधिन हाइड्रोपावरले सामाजिक उत्तरदायित्व तर्फ गर्नुपर्ने कार्यहरु नगरेको भन्दै हाइड्रोपावर पिडित नागारिक संघर्ष समिती गठ्न भई आयोजना संञ्चालनको बेला प्रबाभित क्षेत्रमा गर्नुपर्ने कामहरुलाई गराउन सक्रिय रुपमा लागिरहेको छ । यसरी जाहेज मागहरुलाई सम्बोधन गराउनको निम्ति लिखुपिके गाउँपालिका भित्रका वडामा वडा कमिटी र टोल कमिटी समेत गठ्न गरेको छ । जसअन्तरगत लिखुपिके वडा न ३ र ४ मा आइतबार (हिजो) गठ्न भईसकेको छ । सोमबार (आज) लिखुपिके २ मा पनि गठ्न भएको छ । अन्य २ वटा वडामा पनि तत्कालै हुने बताईएको छ । सोमबार लिखुपिके २ मा पनि हाइड्रोपावर संघर्ष समिती गठ्न भएको छ ।

आयोजना संञ्चालन गर्दा लिखुपिके गाउँपालिकाले ग्रामिण बिधुतीकरण, खानेपानी, शिक्षा क्षेत्र, केन्द्रीय उच्च शिक्षा सुबिधा ,स्वास्थ सम्बन्धि सुबिधा, सिप बिकास , मक्ष बिकास प्रबर्द्धन कार्यक्रम , कृषि र बागमानी बिकास कार्यक्रम ,पर्यटन बिकास कार्यक्रम , महिला बिकास कार्यक्रम ,जनजाति बिकास कार्यक्रम जस्ता थुप्रै सामाजिक काहरु गर्ने भनियता पनि हालसम्म कुनै काम नगरेको हुनाले यि कामहरु गर्न हाइड्रोपावरलाई बाध्य पार्न संघर्ष समितीले लिखुपिके गाउँपालिका भित्रका सबै नागारिकहरुलाई आब्रहा गर्ने उदेश्य सहित लिखुपिके गाउँपालिकाका सबै वडाहरुमा वडा कमिटी, तथा टोल कमिटी गठ्न गरिदै आन्दोलनलाई थप शक्तिशाली बनाउने संघर्ष समितीले जनाएको छ

वडा तथा टोल कमिटी मार्फत आ- आफ्नो वडामा भएका हाइड्रोपावरका गुनासा संकलन गर्दै नागारिकका जाहेज मागहरुलाई सम्बोधन गराउन संघर्ष समिती मार्फत ल्याउने समेत बताईएको छ । गएको चैत्र १२ गते लिखु हाइड्रोपावरको कार्यलय लिखुपिके ५ किन्जामा नागारिकका जाहेज मागहरु सहित हाइड्रोपावर पिडित नागारिक संघर्ष समितीले नागारिकका जाहेज माग सम्बोधन गर्न हाइड्रोपावरलाई चैत्र १२ गते नै माग पत्र बुझाएको थियो । माग पत्रमा हाइड्रोपावर संञ्चालन गर्दा स्थानिय बासिन्दाले पाउनु पर्ने सामाजिक उत्तरदायित्व तर्फका कामहरु
२४ घण्टे अल्टिमेटम सहित माग राखेर मागपत्र बुझाए पनि त्यसको कुनै सम्बोधन नगरेपछी फेरि १४ गते हाइड्रोपावरको कार्यलय किन्जामा हाइड्रोपावर पिडित संघर्ष समितीले आन्दोलनलाइ कोण सभामा परिणत गरि थाँती राखेको थियो ।

त्यसको लगत्तै १६ गते जिल्ला प्रशासन कार्यलय सल्लेरी सोलुखुम्बुले हाइड्रोपावर कम्पनी ,पिडित नागारिक संघर्ष समिती,लिखुपिके गाउँपालिका र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी,निकायका प्रमुख सहित नागारिकका जाहेज मागलाई १ महिना भित्र पुरा गर्ने सहमती गरेको थियो । तर निर्माण कम्पनी हाइड्रोपावरले हालसम्म कुनै मागपत्रको सहमती भएको जबाफ नपठाएको हाइड्रोपावर पिडित संघर्ष समितीका सह- सचिब पोष्ट कुमार कार्कीले बताउनुभयो ।

यसरी नागारिकका जाहेज माग र हाइड्रोपावरले गर्नै पनि सामाजिक कामहरु नगरेमा संघर्ष समिती मार्फत वडा ,टोलटोल हुँदै प्रत्येक घरबाटै आन्दोलन निकाल्ला बाध्य हुने हाइड्रोपावर पिडित नागारिक संघर्ष समितीले जनाएको छ । साथ‌ समितीले पटकपटक भएका सहमतिहरुलाई तत्काल कार्यनयन गराउन पनि हाइड्रोपावरलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार