खिजिदेम्बाका सागर कार्की (लाल) बिगत केहिदिनदेखि बेपत्ता

ओखलढुंगा:जिल्ला खिजिदेम्बा गाउँपालिका वडा न:८ रावा स्थायी घर भएका वर्ष ३८ का कालो टी~सट, ढाका कोे टोपी,जिन्सको पाईट ,चप्पल लगाएका गहुँ गोरो वर्णका अन्दाजी ५ फिट ७ इन्च उचाई भएका सागर कार्की (लाल) यही मिति २०८० चैत्र २६ गते देखि बेपत्ता भएका हुन्।
प्राप्त खवर अनुसार चैत्र २६ गते
आफ्नो बुबाको मृत्यु दर्ताको लागि वडामा सिफारिस लिन जान्छु भनि बिहान खाना खाएर १० बजे तिर घरबाट
हिँडेका कार्की भोलिपल्ट सम्म पनि घर नआए पछि खोजी कार्य गर्दा पनि नभेटिए पछि प्रहरी चौकिमा जानकारी गराएको निजका आफन्त हरुले बताउनु भएको छ।
उक्त हुलिया भएका कार्कीलाई कहीँकतै देख्नु भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यलयमा सम्पर्क गरि सहयोग गरिदिनु हुन या निम्न संपर्क नम्बरमा संपर्क गरी जानकारी गराई दिनु हुन विनम्र अनुरोध गर्दछौं ।

सम्पर्कको लागि
जिल्ला प्रहरी कार्यालय फोन नं 100
रावादोलु प्रहरी कार्यालय फोन नं
9862695922
आफन्त कोे सम्पर्क नं
9862951376,9862333740

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार