रामेछाप:लगानी बोर्डले खिम्ती–ठोसे–शिवालय जलविद्युत आयोजनामा वैदेशिक लगानी खोज्ने भएको छ ।
विदेशी लगानीकर्तालाई आमन्त्रण गरिएको सम्मेलनमा खिम्ती–ठोसे–शिवालयमा आयोजना आयोजना सहित झण्डै २ खर्ब भन्दा बढीका ठूला जलाशययुक्त आयोजनामा लगानीको आह्वान गर्ने भएको हो । वैशाख १६ र १७ गते हुने विदेशी लगानीकर्तालाई आमन्त्रण गरिएको सम्मेलनमा ठूला जलाशययुक्त आयोजनामा २०० मेगावाटमाथिका ४ वटा आयोजना सम्मेलनमा शोकेस गरिँदै छ । सम्मेलनमा सबैभन्दा ठूलो खिम्ती ठोसे शिवालय आयोजना हुनेछ । लगानी सम्भाव्य यो आयोजना १२ सय १६ मेगावाटको छ । विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको आयोजनाको प्रारम्भिक लागत अनुमान २ खर्ब ३१ अर्ब रुपैयाँ छ । आयोजनालाई १७ सय ५० मेगावाटसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । रामेछापको ठोसे बजार नजिक २ सय मिटर बाँध बनाउँदा यो आयोजनाबाट १७ सय ५० मेगावाट विजुली उत्पादन गर्ने जलाधार भेटिएको छ । दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमा भएर बग्ने खिम्ती खोलामा बाँध बाधेर यो आयोजना बनाउन सकिने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।
आयोजनाको क्षमता बढ्दा लागत समेत बढ्नेछ । रामेछाप र दोलखा छुट्याउने खिम्ती–ठोसे–शिवालयमा आयोजना बनाउने योजना छ । ठोसे शिवालयमा खिम्ती नदीमा ड्याम बनाएर विद्युत् उत्पादन गर्न सकिने विभागको अनुमान छ । यसो गर्दा देउराली भ्यालीमा जलाशययुक्त जलविद्युत निर्माण गर्न सकिने देखिएको छ । खिम्ती हिम नदी हो । खिम्ती–ठोसे आयोजना बन्दा गर्जाङ देउराली भ्यालीको बस्ती विस्थापित हुनेछ भने अहिले सञ्चालनमा रहेका आयोजना प्रभावित हुनसक्ने देखिएको छ ।
गोकुलगगा गाउपालिका भित्र बन्ने भनिएको खिम्ती ठोसे जलासयको कारणले अहिलेसम्म खिम्तीको आसपास कुनै विकासका कामहरु रोकेर राखिएका छ्न। प्राकृतिक रुपमा मानवीय बस्ति नउठाइकन ३०९ मेगावाट बनाउन सकिने र त्यो नेपाल आफैले पनि बनाउन सकिने भनेर अध्ययन भएको योजना हो।
यो योजना ठुलो बनाउने भए पनि छिटो निर्णय गर, नभए ३०९ मेघावाट बनाउने हो भने पनि ठिकै छ। जलविद्युत बनाउने नाममा ठोसे आसपासका क्षेत्रमा विकास प्रभावित नपार्न स्थानीयले सुझाव दिदै आएका छन।



















Discussion about this post