सगरमाथा आधार शिविरमा तेन्जिङ–हिलारीको होडिङ र्बोड निर्माण

सोलुखुम्बु:विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारी र तेन्जिङ र्नोगे शेर्पाको होडिङ र्बोड निर्माण भएको छ । सगरमाथाको आधार शिविरमा राखिएको यो होडिङ बोर्डले यहाँ आउने हरेक पर्यटकहरुको ध्यान पनि तानिरहेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर – ४ मा ५,३६४ मिटरको उचाइमा निर्माण गरिएको आरोहीहरू सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेपार्को तस्बिर प्राकृतिक रूपमै ढुङ्गा कुदेर बनाउनु पर्नेमा सिमेन्ट र फलामे डन्डी हालेर मानव निर्मित बनाएको प्रति पयर्टन व्यवसाही समेत रहेका सोलुखुम्बुका स्थानिय फुर्वा शेर्पाले असन्तृष्ठी व्यक्त गरेका छन ।
विदेशीहरु हाम्रो देशमा प्राकृतिक संरचना र दृश्यहरु हेर्न आउने हुन कंक्रिट र मानव संरचनामा उनिहरु हामी भन्दा निकै अगाडी रहेको भन्दै शेर्पाले प्राकृतिक संरचनाको निर्माण र मर्मतमा सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिए । पछिल्लो समय अनावश्यक र खर्चिला कंक्रिटका संरचना बनाउन स्थानिय सरकारमा प्रतिस्पर्धा देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार