सोलुखुम्बु:नेपाली काग्रेसको भातृ संघठन ने.बि.संघ, नेपाल तरुन दल,नेपाल दलित संघ लिखुपिकेको आयोजनामा शिक्षा युवा तथा खेलकुद शाखा लिखुपिके गाउँपालिका द्वारा यहि फाल्गुन २७ देखि ३० गते सम्म संञ्चालित दोस्रो लिखुपिके अध्यक्ष कप २०८० मा विभिन्न बिधामा रहेर खेल प्रर्दशन गरेका खेलाडीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

लिखुपिके गाउँपालिकाले खेलकुको क्षेत्रमा थप हौसला प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको नेबिसंघ लिखुपिकेका सभापती रोशन बस्नेतले बताउनुभयो । त्यस्तै नेपाल दलित संघ लिखुपिकेका सभापती पशुराम नेपालीले आगामी दिनमा अन्य जिल्लामा समेत गएर खेल प्रर्दशन गर्न सक्ने खेलाडी उत्पादन होस भन्दै खेडीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो । यसपटकको अध्यक्ष कपमा महिला सहभागिता हुनु नै लिखुपिके गाउँपालिकामा खेलकुदमा ठूलो उपलब्धि भएको शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक रेखराज बस्नेतले बताउनुभयो । साथै उहाँले आगामी दिनमा महिलाहरुलाई खेल क्षेत्रमा चाहिने सबै ब्यबस्था मिलाउने समेत बताउनुभयो ।

प्रमुख अतिथीका रुपमा रहेका नेपाली काग्रेस सोलुखुम्बुका महाधिवेशन प्रतिनिधि लोकेन्द बस्नेतले
लिखुपिकेमा संञ्चालन भएको अध्यक्ष कपमा विभिन्न प्रतियोगिताहरुमा सहभागी भई बिजेता उपबिजेता हुने सबै खेलाडीहरुलाई आगामी दिनमा पनि थप प्रगतीको शुभकामना ब्यक्त गर्नुभयो । साथै उहाँले लिखु पिके गाउँपालिकामा खेलको बिकास भइरहेको बताउँदै आगामी दिनमा नेपाली काँग्रेसले खेल क्षेत्रलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँगेस लिखुपिके गाउँपालिका उप-सभापती नारायण बहादुर बस्नेत ( नबराज) ले खेल क्षेत्रबाटै आफ्नो ठाउँलाई चिनाउँन सकिने भएकाले बिगतको बर्षहरुमा भन्दा खेल क्षेत्रमा थप प्रगती थपिदै गएको बताउनु भयो ।
कार्यक्रममा:लिखुपिके गाउँपालिका भित्रका सबै बिजेता खेलाडीहरुलाई खाता, मालाद्वार सम्मान गरेको थियो। भने । समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता सरोज बस्नेतले नगदले सम्मान समेत गर्नुभएको थियो । त्यस्तै दोस्रो अध्यक्ष कपलाई सफल पारेको भन्दै शिक्षा,युवा तथा खेलकुद शाखा संयोजक रेखराज बस्नेतलाई समेत सम्मान गरिएको थियो भने संञ्चार माध्यम बाट कार्यक्रममालाई सफल पार्न महत्त्वपूर्ण भुमिका खेलको भन्दै संञ्चारकर्मीलाई समेत सम्मान गरिएको थियो ।




















Discussion about this post