लिखुपिकेमा अर्गानिक साबुन उत्पादन सुरु

सोलुखुम्बु:सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका-१ मा तितेपाती, मह, दूध, स्याउ, सुन्तला, लालीगुराँस प्रयोग गरेर अर्गानिक नुहाउने तथा मुख धुने साबुन उत्पादन थालिएको छ ।
परम्परादेखि स्थानीयले तितेपातीलाई जडिबुटीको रूपमा प्रयोग गर्ने गरे पनि अहिले भने तितेपातीलाई प्रशोधन गरेर साबुन उत्पादन सुरू गरिएको गाउँपालिकाले जनाएको छ ।

उद्यम विकास शाखा लिखुपिकेको आयोजनमा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम मेड्पाको आर्थिक लगानीमा स्थानीय स्तरको कच्चा पदार्थबाट साबुन उत्पादन सम्बन्धि तालिम दिएको हो । तालिमसँगै गाउँमै साबुन उत्पादन गर्न थालिएको तालिममा सहभागिहरुले जनाएका छन ।

गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले गाउँपालिका क्षेत्र पाइने कच्चापदार्थ प्रयोग गरेर साबुन उत्पादन गर्न सकिने राम्रो सम्भावना रहेको र त्यसको लागि अहिले उत्पादन भएका साबुनको गुणस्तर जाँच भइरहेको बताउनुभयो ।
आगामी दिनमा उत्पादनलाई व्यवसायिक रूपमै अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो ।
स्थानिय स्थरमा पाईने कच्चा सामाग्रीको प्रयोग गरेर साबन उत्पादन गरेकोमा गाउँपालिका बासिन्दा पनि खुसि भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार