श्रीमतीको जन्मदिनमा कम्प्युटर प्रिन्टर सहयोग

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा नम्बर २ मेस्कीमा जन्मिएर हाल बेलायतमा रहेर पनि आफ्नो पबित्र जन्मभूमि प्रतिको मायाँ कहिल्यै नभुल्ने नेपाली सेनाका पुर्ब सेनानी तथा विभिन्न क्षेत्रमा निस्वार्थ रुपमा सहयोग पूर्याउँदै आउनुभएका समाजसेवी दिपक रोक्का तथा प्यारी जीवन संगिनी राधा पोख्रेलको जन्म उत्सवको सुखद क्षणमा उपहार स्वरुप चण्डेश्वरी आधारभुत बिद्यायको लागि पनि प्रशासनिक तथा शैक्षिक सुधारमा थप मद्दत पुग्ने अपेक्षाले दुई थान कम्प्युटर र एक थान प्रीन्टर प्रदान गर्नु भएकोमा बिद्यालय वरिवारले धन्यवाद ब्यक्त गरेको छ ।
साथै जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त समेत गरेको छ । प्रसंशनिय कार्यको विधालय परिवार हार्दिक कृतज्ञता प्रकट गरर्दै आगामी दिनहरूमा पनि थप रचनात्मक सल्लाहा सुझावको पुर्ण अपेक्षा राख्दै उच्च सम्मानका साथ हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेको बिद्यालका प्रधानध्यापक दिपेन्द्र कार्कीले बताउनुभयो ।

समाजसेबी तथा नेपाली सेनाका पुर्ब सेनानी रोक्काले यसअघि पनि बिभिन्न ब्यक्ति ,तथा संघसंस्थाहरुलाई आर्थिक र भौतिक रुपमा सहयोग गर्दै आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार