सब भेटिएपछि परिबारले जिम्मा लिई अन्त्यस्टी गरे

सोलुखुम्बु र रामेछापको सिमानामा निर्माणाधीन लिखु -२ जलविद्युत आयोजनाको मेसिन बन्द भएर बाँधको पानी खोलातर्फ फर्किदा अन्त्यस्टी गर्दै गरेको उमाकुण्ड गाउँपालिका–१ का ३२ वर्षीय झपडबहादुर थापाको शव शनिबार खोलाले बगाएको थियो ।
रातभर आफन्तहरुको निकै कष्टकर प्रयास र चौतर्फी दबाब पछि शनिबार दिउँसो बगाएको शव भेटिए सगै प्रहरी, आयोजना र परिवारको सहमति पछि शवको अन्त्यष्टि गरिएको छ ।
सहमति अनुसार पिडितका परिवार लाई २ लाख क्षतिपूर्ति दिने , किन्जा देखि टाङ्दिङ्ग सम्म १४ वटा घाट उपयुक्त स्थानमा आयोजनाले निर्माण गर्ने र आगामी दिनमा खोलामा पानी छोडदा पुर्व जानकारी दिने सहमती भएको मृत्कका आफन्त माधव बस्नेतले जानकारी दिए ।
लिखु हाइड्रोपावरमा यसअघि पनि यस्ता थुप्रै घटना बाहिर आएका छन ।
स्थानिय सरकार लाई नटेरेको भन्दै लिखुपिके गाउँपालिकाले त सर्वदलीय बैठक बसेर संघीय सरकार लाई गुहार्दै पत्र समेत लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार