गाउँपालिका द्वारा खेलाडी र प्रशिक्षक सम्मानित

रामेछाप:रामेछाप जिल्ला खेलकुद विकास समितिकाे आयोयाेजना तथा उमाकुण्ड गाउँपालिकाकाे प्रायाेजन तथा सह-आयाेजनामा उमाकुण्ड गाउँपालिका वडा नं ४ स्थित प्रिती च्यादलुमा गएको २०८० पुस २१, २२ र २३ गतेसम्म संचालित एघारौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा उमाकुण्ड गाउँपालिकालाई १६ स्वर्ण, ७ रजत र २६ कांस्य गरी कुल ४९ पदक सहित उपविजेता (दाेस्राे) स्थान कायम गराउन सफल हुनु भएका खेलाडी तथा प्रशिक्षकहरूलाई आज माघ १० गते गाउँपालिकाकाे सभाहलमा एक कार्यक्रमका बीच गाउँपालिकाले नगद सहित सम्मान गरिएको छ ।

उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिकाे अध्यक्ष सुदिप सुनुवारकाे अध्यक्षतामा शुरू भएको कार्यक्रमकाे प्रमुख अतिथि गाउँपालिकाकाे अध्यक्ष शेर बहादुर सुनुवार, अतिथिहरू प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, वडा नं १ देखि ७ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सबै माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, वडा सदस्यहरू, खेलकुद विकास समितिका पदाधिकारीहरू, वडा नं १ देखि ७ का वडा स्तरीय खेलकुद विकास समितिका संयोजकहरू, गाउँपालिका तथा वडाका कर्मचारीहरू, खेलकुद प्रशिक्षकहरू, पत्रकार, सुरक्षाकर्मीहरूकाे उपस्थितिमा एघारौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकालाई स्वर्ण, रजत र कास्य पदक दिलाउने विजेता खेलाडीहरूलाई जनही रू. ५,०००, रू. ३,०००, र रू. २,००० नगदसहित प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई जनही रू. ५,००० नगदसहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको छ । साथै उक्त कार्यक्रममा वडा नं १ देखि ७ का वडा अध्यक्षहरूबाट वडा नं १ देखि ७ काे माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूलाई एक एक थान भलिबल समेत हस्तान्तरण गरिएको छ ।
कार्यक्रम गाउँपालिकाको सभाहलमा भएको हो । गाउँपालिकाले गरेको सम्मान प्रति खेलाडिहरु खुसि ब्यक्त गर्दै आगामी दिनमा खेल क्षेत्रमा अगाडि मिलेको भन्दै गाउँपालिकालाई धन्यवाद ब्यक्त गरेका छन ।

कार्यक्रममा बोल्दै उमाकुण्ड गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले आगामी दिनमा पनि खेल सँगै अध्ययनलाई पनि उत्तिकै ध्यान दिन सबै छात्रछात्रालाई आग्रह गर्नुभयो । त्यस्तै उमाकुण्ड खेलकुद बिकास समितीका अध्यक्ष सुदिप सुनुवारले एघारौँ राष्ट्रपति रनिङ शिल्डमा जिल्लाकै बिगट मानिने उमाकुण्ड गाउँपालिका दोस्रो हुनु ठुलो सफलता मिलेको र अझै प्रदेश स्थरियमा पनि थप पदक आउने गरी खेलमा मेहनत गर्न खेलाडिहरुलाई आग्रह गर्नुभयो । त्यस्तै शिक्षा युवा, खेलकुद शाखाका प्रमुख ङावा शेर्पाले कार्यक्रमलाई भब्य र सभ्य बनाउन सबै तहबाट सहयोग पुर्याउने ब्यक्ति संघ संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । यसरी जिल्ला स्थरिय राष्ट्रपति रनिङ शिल्ड समापन पछि खेलाडि र प्रशिक्षकलाई सम्मान गरेको रेकर्ड यो रामेछापमा सम्भबत पहिलो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार