लिखुपिकेमा शिक्षकहरुलाई एकदिने तालिम सम्पन्न

सोलुखुम्बु:शिक्षा बिकास तथा समन्वय इकाई सल्लेरी सोलुखुम्बुको आयोजना तथा लिखुपिके गाउँपालिकाको समन्वयमा लिखुपिके गाउँपालिकामा एकदिने नयाँ पाठ्यक्रममा आधारित कक्षा ५,८ र १० को कार्यन्यनका लागि स्थानिय तह स्थरिय पाठ्यक्रम प्रवोधिकरण शिक्षक तालिम सम्पन्न भएको छ । तालिममा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की तथा उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले उदघाटन गर्नुभएको शिक्षा बिकास तथा समन्वय इकाई सोलुखुम्बुका प्राबिधिक सहायक प्रकाण्ड न्यौपानेले सिधा प्रेसलाई जानाकारी दिनुभयो ।

तालिममा लिखुपिके गाउँपालिका भित्र संञ्चालित ५ – ८ र १० चलेका बिद्यालयका जम्मा ३५ जना शिक्षकहरु सहभागि रहेको शिक्षा शाखा संयोजक रेखराज बस्नेतले बताउनुभयो । तालिमको दघाटन गर्दै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले तालिममा सिकेका ज्ञान सिप आफ्नो बिद्यालयमा लागु गर्नुपर्ने बताउनुभयो । साथै अध्यक्ष बस्नेतले शिक्षा क्षेत्रको गुणस्तरीयता कायम गर्न गाउँपालिकाले कुनै कसुर नराख्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै शिक्षा संयोजक रेखराज बस्नेतले बिगतमा पनि यस्ता तालिम भइरहेका र आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गरिने बताउनु भयो । तालिममा सहभागि क्षिक्षहरुलाई पुण्य केसी अंग्रेजी ,गंगा बहादुर बस्नेत (निराजन) गणित, संञ्जिब यादब बिज्ञान, अर्जुन बहादुर बस्नेत नेपाली, मान बहादुर तामाङ(बिशाल) सामाजिक, बिषयको तालिम प्रदान गर्नुभएको हो । तालिममा गाउँपालिका भित्रका ३५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा नयाँ पाठ्यक्रममा आधारित कक्षा ५,८ र १० को कार्यन्यनका लागि स्थानिय तह स्थरिय पाठ्यक्रम प्रवोधिकरण सम्बन्धि तालिम प्रदान गरिएको प्रशिक्षक शिक्षकहरुले बताउनुभयो ।
यहि प्रकारको तालिम सोलुखुम्बुका केहि पालिकामा सम्पन्न भइसकेको र सबै पालिकामा हुने शिक्षा बिकास समन्वय इकाईका प्रा.शा. प्रकाण्डा न्यौपाने बताउनुभयो । तालिममा शिक्षा शाखा लिखुपिके गाउँपालिकाकी प्राबिधिक गोमा खड्का लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार