रामेछाप:हाते ट्याक्टरले खेत बारी जोत्ने क्रममा उमाकुण्ड २ बाम्तिभण्डार पर्दिङका निरकुमार कार्की गम्बिर घाइते भएका छन । उहाँलाई थप उपचारको लागि हेलिकप्टर मार्फत उद्दार गरी काठमाडौँ लगिएको छ ।
शनिवार दिउँसो २ बजेको समयमा आफ्नै ट्याक्टर लिएर छिमेकीको खेत जोत्न जानुभएका कार्की गम्भीर घाइते हुनुभएको प्रहरी चौकी बाम्तिले जनाएको छ ।
‘ट्याक्टर जोत्दै गर्दा झारमा अड्किएर उचाल्ने क्रममा पल्टिएर दुर्घटना हुँदा घाँटी, मुख र छातीमा धेरै चोट लाग्दा अवस्था गम्भीर बनेको हो, बाम्ती प्रहरी चौकीका इन्जार्ज भुवन श्रेष्ठले बताउनुभयो ।
गम्भीर घाइते कार्कीको बाम्ति स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौँ लगिएको बाम्ती प्रहरीले जनाएको छ ।



















Discussion about this post