सोलुखुम्बु:जिल्ला खेलकुद रामेछापको आयोजना तथा उमाकुण्ड गाउँपालिका प्रिती रामेछापको प्रायोजनमा एघारौँ जिल्ला स्थररिय रनिङ शिल्ल प्रतियोगिता प्रिती रामेछापमा सुरु भएको छ । २३ गते सम्म सञ्चालित उक्त प्रतियोगितामा रामेछाप जिल्लाका दुई नगर पालिका सहित ८ वटै स्थानिय तहका ७६६ खेलाडी सहभागि भएको आयोजकले जनाएको छ । उक्त खेलकुद प्रतियोगिताको राष्ट्रिय खेलकुद परिसद सदस्य सचिब टंकलाल घिसिङको प्रमुख आतिथ्यतामा उदघाटन भएको हो ।

उदघाटन समारोहमा रामेछाप बाट निर्बाचित सांसद पुर्णबहादुर तामाङ कान्छाराम , जिल्ला समन्वय समिती प्रमुम चिना कार्की उमाकुण्ड गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवार, उपाध्यक्ष साबित्री सुनुवार ,पुर्ब उपाध्यक्ष उर्मिला कार्की, उमाकुण्ड खेलकुद बिकास समिती अध्यक्ष सुदिप सुनुवार लगायतको बिभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हिजो उदघाटन भएका खेलहरुको आजबाट संञ्चालन हुने जनाईएको छ ।




















Discussion about this post