करुणा फाउन्डेसन र लिखुपिके गाउँपालिका बीच सम्झौता

सोलुखुम्बु:अपाङ्गता रोकथाम तथा पुन:स्थापना अभिमुखिकरण तथा सम्झौता सहकार्य कार्यक्रम सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा सम्पन्न भएको छ । करुण फाउन्डेसन तथा अपाङ्ग महासंघ कोशी प्रदेशको सहकार्य तथा लिखुपिके गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुका लागि त्रिपक्षिय सम्झौतामा हस्तारक्षर भएको करुणा फाउण्डेसन प्रदेश कार्यलयका बरिस्ठ ब्यबस्थापक कमल कोइरालाले बताउनुभयो ।
लिखुपिके गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले करुणा फउण्डेसनले अपाङ्गता क्षेत्रमा गरेका यी कार्यक्रमले अपाङ्गताको क्षेत्रमा थप टेवा पुग्ने बताउनुभयो ।
बिगत देखि नै लिखुपिके गाउँपालिकाले अपाङ्गताको क्षेत्रमा कसरी काम गर्ने भन्ने बिषयमा सोचिरहेको अबस्थामा करुणा फाउन्डेसन साझेदारिको रुपमा रहेकाले यस समन्बधी काम गर्न सहर्ज भएको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो ।
कार्यक्रममा बोल्दै लिखुपिके गाउँपालिका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पाले करुणा फाउन्डेसनले संञ्चालन गरेका कार्यक्रममा सबै क्षेत्रबाट सहयोग गरेमा कार्यक्रम सफल रहने बताउनुभयो ।
त्यस्तै वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले गाउँपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई सिपमुलक तालिम प्रदान गरि उनीहरुको आयआर्जनमा बृद्वि गराउनुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका सात जिल्लाहरुका १३७ वटै स्थानिय तहमा उक्त कार्यक्रम संञ्चालन हुने करुणा फाउन्डेसन प्रदेश कार्यलयका बरिस्ठ ब्यबस्थापक कमल कोइरालाले बताउनुभयो
अपांङ्गता भएका ब्यक्तिहरुलाई कसरी सिपमुलक तालिम प्रदान गरी रोजगारमुखि बनाउन सकिन्छ भन्ने बिषयमा समेत यस कार्यक्रमले सहयोग गर्ने करुणा फाउन्डेसन लिखुपिके संयोजक पदम बराईलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार