खिजीदेम्बामा लेक लागेर एकको मृत्यु

ओखलढुंगा:ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ३ का ५३ वर्षीय जीतबहादुर सुनुवारको लेक लागेर मृत्यु भएको छ । साथीहरूसँग सोलुखुम्बुको पिकेडाँडा घुम्न जाने क्रममा सोही गाउँपालिकाको ९ नं वडामा पर्ने भुलभुलेमा सुनुवारको मृत्यु भएको हो ।

लेक लागेर बेहोस भएका सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मङ्गलबार साँझ भएको उक्त घटनामा आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि ईलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार