रामेछापको उमाकुण्ड गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै

रामेछाप:रामेछापको उमाकुण्ड गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै, छलफलको लागि वडामा पठाउने
माडौं । रामेछापको उमाकुण्ड गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दै छ ।

गाउँपालिकाले आधारभूत तहमा हाम्रो उमाकुण्ड नामक स्थानीय पाठ्यक्रम निर्माण गर्न  लागेको हो । पालिकाले विभिन्न चरणमा कार्यतालिका अनुसार काम गर्दै आएको छ । जस अनुसार स्थानीय पाठ्यक्रम निर्माण कार्यदल, प्राविधिक टिम र उपसमितिको कार्यशाला राखी ७ वटा क्षेत्रमा स्थानीय पाठ्यक्रमको ड्राफ्ट तयार गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
जसमा गाउँपालिकाको चिनारी, सामाजिक तथा संस्कृति मूल्यमान्यता, हाम्रो सम्पदा, कृषि र उत्पादन, सिप प्रविधि र आयआर्जन, हाम्रो स्वास्थ्य, आहार र खेलकुद तथा वातावरण र विपद् व्यवस्थापनका क्षेत्र निर्धारण गरिएको छ । ती विषयगत क्षत्रेको वडास्तमा छलफल गरी पाठ्यक्रमलाई अन्तिम रूप दिने शिक्षा शाखाका ङावा शेर्पाले जनकारी दिनुभयो ।
वडाका जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, इतिहास, पर्यटन, कृषि, पशुपालन, भूगोल, कला, संस्कृति, रहनसहन, जीवनशैली, प्रकृतिका तथा धार्मिक सम्पदा, नदीनाला आदि विषयमा जानकार राख्ने सरोकारवालालाई वडागत छलफलमा सहभागी गराइने भएको छ । उहाँहरूको सल्लाह र सुझावको आधारमा ड्राफ्टलाई अन्तिम रूप दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार