सोलुखुम्बु:जिल्लाको लिखुपिके गाउँपालिका वडा न. ५ मा अवस्थित चन्द्रज्योति माध्यामिक बिद्यालय भकान्जे मा कक्षा ९ मा अध्य्यनरत विद्यार्थी आशिष बिश्वकर्माले बिधुतिय बाइक निर्माण गरेका छन ।
कक्षा ९ मा अध्यनरत छात्रले हालै गरेको प्रयोगात्मक चमत्कारी अभ्यास सिंगो लिखुपिके गाउँपालिका बासिको खुसीको कुरा रहेको शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक रेखराज बस्नेतले बताए । छात्र आशिषले यस्ता अभ्यास अझै प्रयास निरन्तर रहोस भन्दै यसरी छात्र छात्राहरुलाई प्रयोगात्मक अभ्यास सहयोग पुर्याइ रहने प्रधानध्यापक लाक्पा शेर्पा ,शिक्षक,बिद्यालय ब्यबस्थापन समिती समेतलाई शिक्षा शाखा लिखुपिकेले बधाईका साथ धन्यवाद व्यक्त गरेको छ । उज्ज्वल भविष्यको शुभकामना विद्यार्थी भाई आशिष वि.क.लाई सामाग्री स्वरूपको लागि सहयोग पुर्याउन नगद १० हजार विद्यालयलाई उपलब्ध गर्ने संयोजक बस्नेतले बताए ।



















Discussion about this post