गुम्देलमा रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप:‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ रामेछापको उमाकुण्ड गाउँपालिका वडा न १ गुम्देलमा चौथो राष्ट्रपति रनिङ शिल प्रतियोगिता सुरु भएको छ ।

उमाकुण्ड गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारको प्रमुख आतिथ्यता , उपाध्यक्ष साबित्री सुनुवारको बिशेष आतिथ्यता तथा
उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदीप मुलिचाको अध्यक्षतामा उक्त कार्यक्रमको उदघाटन भएको हो । प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र तामाङ लगायत अन्य अतिथीहरु सातै वडाका वडाध्यक्ष, पार्टी प्रतिनिधि, पालिकाका कर्मचारी, पालिका भित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रम सँगै प्रतियोगीतामा विभिन्न विद्यालयका विद्यार्थीले नृत्य र मार्च पास समेत प्रस्तुत गरेका थिए । गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा आइतबार छात्रा भलिबल, कबड्डी, दौड, शटपुट, ज्यामलिङ थ्रो लगायतका खेल विधा भएको आयोजकले जनाएको छ ।

आइतबार संञ्चालित खेलहरुमध्य चण्डेश्वरी मावि १ स्वर्ण ४ रजत २ कास्य, कैलेश्वर मावि २ रजत ३ कास्य, जनता मावि ३ स्वर्ण १ रजत २ कास्य, सिद्धेश्वर मावि २ स्वर्ण २ रजत, महालंगुर मावि २ स्वर्ण १ कास्य, सरस्वती मावि २ स्वर्ण १ रजत २ कास्य, कास्थेम मावि २ स्वर्ण २ रजत २ कास्य प्राप्त गरेका छन् । प्रतियोगिता आइतबार, सोमबार र मङ्गलबार सम्म सञ्चालन हुनेछन।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुनुवारले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउदै उमाकुण्डमा जुनसुकै राजनीति दलका भएपछि उमाकुण्डको विकासको लागि मिलेर लाग्नुपर्ने बताउनुभयो । आउदाे दिनमा प्रत्येक वडामा रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष साबित्री सुनुवारले गाउँपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।


त्यस्तै कार्यक्रमका अध्यक्ष तथा उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदीप मुलिचाले खेल क्षेत्रलाई प्राथामिकतामा राख्ने रामेछाप जिल्लाकै पहिलो पालिकाको रुपमा उमाकुण्ड गाउँपालिका रहेको बताउनुभयो । साथै उहाँले कार्यक्रमलाई सफल पार्न लाग्नुहुने सबै संघसस्था,कर्मचारी लगायतलाई धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्ष , लगायत गाउँपालिका बासीहरुको उपस्थिति रहेको गियो । कार्यक्रम सोमबार छात्राछात्र भलिबल, गाउँपालिका कर्मचारी भलिबल लगायत बिभिन्न खेलहरु संञ्चालन हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार