पत्रकार मैनाली सम्मानित

काठमाडौं:जन्मदिनमा वृक्षारोपण अभियान’ नेपालले पत्रकार मोहनप्रसाद मैनालीलाई सम्मान गरेको छ ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित तथा जनता टेलिभिजनद्वारा प्रवर्द्धित जनतासमाचार डट्कममा समेत कार्यरत मैनालीलाई पत्रकारितामार्फत् समाजमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै ‘जन्मदिनमा वृक्षारोपण अभियान’ संस्थाले सम्मान गरेको हो ।

अभियानले पाँचौँ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका निमित्त कुलपति एवं वरिष्ठ साहित्यकार विमल निभा (विमलकृष्ण श्रेष्ठ) तथा संस्थाका अध्यक्ष बासुदेव सेढाईँले मैनालीलाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बासुदेव सेढाईँले जन्मदिनमा वृक्षारोपण अभियानबारे प्रकाश पार्नुभएको थियो भने प्रमुख अतिथि नेपाल प्रज्ञा पतिष्ठानका निमित्त उपकुलपति विमल निभाले अभियानलाई साहित्यक गतिविधिबाटसमेत अगाडि बढाउनु पर्नेमा जोड दिनुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार