लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

सोलुखुम्बु:सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण तथा बाल सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको समन्वयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा पालिकाको लैंगिक निती निर्माण सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राई, उपाध्यक्ष सबिता राई, वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दाहाल, ४ का वडाध्यक्ष श्याम गुरुङ, ७ का अध्यक्ष भोजराज कार्की, ८ का अध्यक्ष राजेस राई , निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राई, विभिन्न शाखा प्रमुख र मावि विद्यालयका प्रअहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा रास्ट्रिय लैगिक नीति बारे छलफल गर्दै पालिकाको लैंगिक नीती निर्माणका बारेमा छलफल गरिएको थियो र छिट्टै पालिकाको नीति निर्माण गरिने पालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार