हिमगंगा मा.बि.को ७१ ओैँ बार्षिक उत्सब सम्पन्न

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा न ३ मा रहेको हिमगंगा माबिको ७१ ओैँ बार्षिक उत्सब भब्यताको साथ सम्पन्न भएको छ । लिखुपिके गाउँपालिका भित्र प्राबिधिक धार बालि बिज्ञान समेत अध्यापन सुरु गरिएको उक्त बिद्यालयले पहिलोचोटी बार्षिक उत्सब मनाएको हो । बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नारायण बहादुर बस्नेत( नबराजको अध्यक्षता तथा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रमुख आतिथ्यतामा , शिक्षा विकास तथा समन्वय ईकाइ सोलुखुम्बुका ईकाइ प्रमुख पुण्यराज डंगोग लिखुपिके गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक रेखराज बस्‍नेत, बिभिन्न बिद्यालयका प्रधानध्यापक, वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत, ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत,भुपु बिद्यार्थी मञ्चका अध्यक्ष भरत बस्नेत, शिक्षक, बिद्यार्थी ,अबिभाबक, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थितिमा
उक्त बिद्यालयको बार्षिक उत्सब सम्पन्न भएको हो ।

दुई दिनसम्म सञ्चालित बिभिन्न कार्यक्रममा लिखुपिके गाउँपालिका वडा न ३ भित्र रहेका ४ वटा बिद्यालयका बिद्यार्थीहरु सहभागिता रहेको थियो । कार्यक्रममा भलिबल प्रतियोगिता , हाजिरीजबाफ प्रतियोगिता ,घैला भर्ने कार्यक्रम ,हिसाब दौड प्रतियोगिता, चक्लेट दौड प्रतियोगिता लगायतका प्रतियोगिताहरु सञ्चालन भएको बिद्यालयले जनाएको छ । कार्यक्रममा सबै बिधाका खेलहरुहरुलाई नगद सहित,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । भने सबै बिधाका प्रतियोगिताहरुको आधारमा बिद्यालयहरुलाई सिल प्रदान गरिएको थियो ।

समापन कार्यक्रमको अबसरमा कार्यक्रमलाई सभ्य र भब्य पार्नको लागि सहयोग गर्ने शिक्षक, लगायत बिभिन्न ब्यक्तिहरुलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रमको समापन गर्दै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले ७१ओैँ बार्षिक उत्सव मनाउन सक्रिय भुमिका खेल्नुहुने बिद्यालयका प्रधानध्यापकफ शिक्षक, बिद्यार्थी बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नारायण बहादुर बस्नेत (नबराज) लगायत ब्यबस्थापन समिती परिवार वडा न ३ लाई धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापती तथा बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नारायण बहादुर बस्नेतले बिद्यालका प्रधानध्यापक,शिक्षक, बिद्यार्थीहरुको सामुहिक प्रयासबाट बिद्यालयको बार्षिक उत्सब मनाउन सफल भएको बताउनुभयो । गाउँपालिका, वडा कार्यलय तथा शिक्षकहरुको प्रयासबाटै हिमगंगा माध्यमिक बिद्यालयको शैक्षिक र भौतिक सुधार भईरहेको बताउनु भयो । साथै उहाँले शैक्षिक सुधारमा सक्दो सबै पक्ष लागिपर्ने बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै शिक्षा,युवा तथा खेलकुद शाखाका संयोजक रेखराज बस्नेतले बिगतको तुलनामा हिमगंगा माबिको शैक्षिक सुधारमा आमुल परिबर्तन ल्याउन सफल भएको बताउनुभयो । साथै उहाँले शैक्षिक सुधारका निम्ती शिक्षा शाखाले गर्नुपर्ने सहयोगमा कुनै कसुर नराख्ने बताउनुभयो ।
कार्यक्रममा भुपु बिद्यार्थी मञ्चका अध्यक्ष समाजसेबी लिखुपिके ४ निबासी भरत बस्नेतले एकथान ल्यापटप समेत सहयोग गर्नुभयो । साथै उहाँले कार्यक्रममा बोल्दै आगामी दिनमा भुपु बिद्यार्थी मञ्चलाई अगाडि बढाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानध्यापक हेम बहादुर बस्नेतले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रमलाई सफल पार्न लिखुपिके गाउँपालिका वडा न १ बुलडाडा निबासी समाजसेवी तथा पर्यटन ब्यबसायि आङफुर्बा शेर्पाले नगद रु १० हजार सहयोग समेत प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार