पुस १ गतेबाट गुम्देलमा उमाकुण्ड राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुँदै

रामेछापको उमाकुण्ड गाउँपालिकाले पुस १ गतेबाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता वडा नं १ को गुम्देलमा हुने गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष सुदीप मुलिचाले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नुहुने भएको छ । प्रतियोगिता पुस ३ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सो गाउँपालिकाका सबै माध्यमिक विद्यालयले भाग लिने छन् ।
सो प्रतियोगितामा गाउँपालिकाका ४ सय २० जना विद्यार्थी भाग लिने अनुमान गरिएको छ । कार्यक्रमका लागि १८ लाख रुपैँया बजेट विनियोजन गरिएको गरिएको छ ।

प्रतियोगितामा कपर्दी, सटपुट, ज्याभ्लिन थ्रो, हाईजम्प, लङ्जम्प खेल समावेश गरिएका छन् । त्यस्तै १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटरका दौड तथा सिले दौड पनि खेलमा समावेश गरिएको छ ।

विजेता खेलाडीले नगद पुरस्कार, मेडल तथा प्रमाण पत्र पाउने छन् । टिममा सहभागी खेलाडी मध्ये उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । साथै विधागत खेलमा सर्वाधिक पदक विजेता प्रथम, द्वितीय, तृतीय र विद्यालयलाई ट्रफि तथा नगद पुरस्कार प्रदान गरिने शिक्षा ,युवा तथा खेलकसद शाखाका प्रा.शा. ङावा शेर्पाले जानाकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार