सोलुखुम्बु:नेचा सल्यान गाउँपालिकाको हिमाल दर्शन मा विमा संचालित ३ दिने एकीकृत पाठ्यक्रम सहजीकरण सम्बन्धी पुनर्ताजगी तालिम आज सम्पन्न भएको छ, रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा नेचा सल्यान गाउँपालिकाका सामाजिक विकास समिति संयोजक इन्द्र बहादुर राईको प्रमुख अतिथ्यतता र शिक्षा शाखा प्रमुख माधवमणि ढुंगाना, हिमाल दर्शन मा विका प्र अ अशोक कुमार शर्माको उपस्थितिमा कार्यक्रमको समापन गरिएको हो ।

रीड नेपालको आयोजना तथा नेचा सल्यान गाउँपालिकाको समन्वयमा संचालित तालिममा नेचा सल्यान गाउँपालिका भित्रका ६५ जना शिक्षकहरुको उपस्थिति रहेको रीड नेपालका शिक्षा विकास अधिकृत सुजाता राईले जानकारी दिनु भयो ।

तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा र प्रयोगमा देखिएका चुनौती सम्बन्धी छलफल जीवन व्यवहार कुशल सिप, एकीकृत पाठ्यक्रम अनुसार पाठयोजना निर्माण, नमुना अभ्यास शिक्षण, विद्यार्थी सिकाइ मूल्यांकन पद्दतिको अवधारणा र अभ्यास लगाएतका विषयलाई समेटिएको रीड नेपालले जनाएको छ ।
तालिमको सहजीकरण शिक्षा विकास संयोजक केशव देव गिरी शिक्षा विकास अधिकृत सुजाता राई,अभिषेक विक्रम शाह, तालिम अधिकृत जुनु हिराचन र सोनाम लामाले गर्नु भएको थियो ।
कार्यक्रमममा बोल्दै सहभागी शिक्षकको तर्फबाट कुमार बास्तोला र कमला दाहालले सिकेका सिपविद्यालयमा लाने प्रतिबद्धता व्यक्त गर्नु भयो ! शिक्षा शाखा प्रमुख माधवमणि ढुंगेलले सिकेका सिप विद्यालयमा लैजान आग्रह गर्दै तालिम संचालनका लागि रीड नेपाललाई धन्यवाद दिनु भयो ! कार्यक्रममा बोल्दै सामाजिक विकास समिति सयोजक इन्द्रबहादुर राईले तालिम लिने सम्पूर्ण शिक्षकलाई बाधाई दिदै तालिमले विद्यार्थीको सिकाइमा परिवर्तन आई शैक्षिक गुणस्तर सुधार हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले रीड नेपालको केन्द्र बिन्दुको रुपमा बालबालिका रहेकोले शिक्षक मार्फत बालबालिकासम्म विभिन्न ज्ञान सिपहरु पुग्ने र बालबालिकाको सिकाइ उपलब्धी वृद्धि हुने आशा व्यक्त गर्नु भयो र तालिमलाई कक्षाकोठामा पुर्याउन शिक्षकको नै महत्त्वपूर्ण भूमिका रहने हुदा सहभागीलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।



















Discussion about this post