सोलुखुम्बु:लिखु हाइड्रोपावरले पौष १५ भित्र सामाजिक उत्तरदायित्व तर्फको बजेट प्रष्ट कागजपत्र सहित सार्वजनिक नगरे आयोजना स्थलमै तालाबन्दी गरि आन्दोलन गर्ने निर्णय गरेको छ ।
पटकपटक गाउँपालिकाले सामाजिक उत्तरदायित्व तर्फको बजेटको यर्थात बिवरण सार्बजानिक गर्नु भनि ९ पटक पत्र लेखेता पनि हाइड्रोपावरले अटेर गरी बसेकाले सर्बदलिय बैठकको आयोजना गरी अन्तिम पटक पौष १५ गते भित्र उक्त रकमको यथार्थ बिवरण नल्याएमा पुन सर्बदलिय बैठक बसी आयोजना बन्द गरी थप आन्दोलन गर्ने निर्णय भएको लिखुपिके गाउँपालिकाका प्रबक्ता मणिराज बस्नेतले बताउनु भयो ।
सोमबार लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत सबै वडाका वडा अध्यक्ष सबै राजनितिक दलका प्रतिनिधि सहितको उपस्थितिमा सर्बदलिय बैठक बसि उक्त निर्णय भएको हो ।
लिखु हाइड्रोपावरले गरेको ज्यादती बिरुद्व लिखुपिके गाउँपालिकाले पटक पटक सामाजिक उत्तदायित्व तर्फको बजेट सार्बजानिक गर्न अघिल्लो सरकारले के कति सामाजिक दायित्व तर्फ खर्च गर्यो भन्ने बिषयमा जानाकारी लिन खोज्दा अटेड गरी बसेकोमा र बिभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानियबासिन्दाले कडा आपती जनाएका छन ।
यसअघि लिखुपिकेमा के कति सामाजिक उत्तरदायित्व तर्फ खर्च भयो भने समितीले गरेको बिबरण संकलनको पनि सोमबार सार्वजनिक गरिएको थियो ।



















Discussion about this post