सोलुखुम्बु जिल्ला ,लिखुपिके गाउँपालिका वडा नं २ गोली निवासी स्व. चोक बहादुर बस्नेतकी ३४ बर्षिय छोरी मखना बस्नेत बिष्ट , प्यारालाइसिस र मुटुरोग बाट ग्रसित हुनुहुन्छ। दुई सन्तानकी आमा समेत बनिसक्नु भएकी उहाँलाई थप उपचारका लागि देश बिदेशबाट आर्थिक सहयोग आइरहेको छ । 
थप उपचारका लागि आर्थिक अभाव रहेको हुंदा सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा न ३ खड्का गाउँमा जन्मिएर हाल अमेरिका निवासी समाजसेवी रमेश खड्काले उहाँको थप उपचारको लागि रू १३,१६५ ( १३ हजार १ सय ६५ बिरामीको खातामा जम्मा भएको बिरामीको उपचारमा आर्थिक रकम जुटाउनको लागि सक्रिय उमेश खड्काले बताउनु भयो । यसअघि पनि देश तथा बिदेशमा बस्नुभएका बिभिन्न ब्यक्तिहरुले पनि उहाँलाई सहयोग गरिसक्नु भएको छ । उहाँको अहिले थप उपचार भइरहेको छ ।

शुभ दिपावलि को आवसरमा धर्मध्वज बस्नेत र नमराज बस्नेतको नेतृत्व रही सम्पुर्ण आमा, बुबा,दाजु भाइ दिदिबहिनीले रमाइलोको निम्ति खेलेको देउसी भैलो बाट सङ्कलनभएको रकम पीडित मखना बस्नेतलाई (२२,५८० केहिदिन अघि हस्तातरण गरिएको पनि उमेश बस्नेतले जानाकारी दिनुभयो । प्यारालाइसिस र मुटु रोगबाट विरामी मखना बस्नेत बिष्टको स्वास्थ्यमा सुधार भैरहेको र औषधि उपचार अझै गर्नुपर्ने र आर्थिक अबस्था कमजोर हुदै गएकोले थप सहयोगको अपेक्षा गर्नु भएको छ। साथै दीपक खड्काबाट १५५० थप सहयोग भएको छ । थप उपचारको निम्ति सकेको सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँलाई थप उपचार आवश्यक छ र विरामीलाई निको हुदै आएको बिगतमा दायाँतिर को भाग पूर्ण रुपमा नचल्ने हुदा हाल दायाँतिर हात मात्र नचल्ने अरू ठिक हुदै आएको अझ थप सहयोग भए र उपचार निरन्तर पाए पुरानो अवस्थामा फर्कने डाक्टरले बताएको हुदा उहाँलाई भेटेर वा उल्लेखित खातामा पैसा जम्मा गरी सहयोग गर्न् सक्नुहुनेछ। यसअघि पुर्ब सेनानी, समाजसेवी लिखुपिके गाउँपालिका वडा न २ मेस्कीमा जन्मिनु भएका हाल बेलायतमा रहनु भएका दीपक रोक्का बाट १५ हजार रकम मखाना बस्नेत लाई सहयोग गर्नु भएको थियो उक्त रकमले औषधि ल्याइएको बिरामीका श्रीमानले बताउनु भयो।

बिरामीलाई थप उपचारको निम्ति सहयोग गर्न चाहाने मनहरुले तल उल्लेखित नम्बरमा रकम सहयोग गर्न आग्रह समेत गरिएको छ ।
Bank account :0050006593500001
Name : MAKHANA BASNET
पिडित को सम्पर्क नम्बर : 9867561208\9813910362 र ९८४२९६००३९



















Discussion about this post