सोलुखुम्बु:दिगो बिकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका ब्यक्तिको अपनत्व र नृत्रित्व सहितको ऐक्यबद्धता भन्ने मुल नाराका साथ
अपांगता भएका ब्यक्तिको ३२ ओैँ अन्तर्राष्ट्रिय दिबश सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा सम्पन्न भएको छ । करुणा फाउन्डेसनको
लिखुपिके गाउँपालिकाको आयोजजामा उक्त कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा बोल्दै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले त्रिपक्षिय सम्झौताका आधारमा अपांगता भएका ब्यक्तिहरुलाई पहिचाहन गरी पालिका बाट दिने सुबिधाहरु गाउँपालिकाले प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित अधिकांश सरोकारवालाहरुले अपांगता सम्बन्धि सञ्चालन गरेको कार्यक्रम धेरै जानाकारी लिन पाएकोमा करुणा फाउन्डेसनलाई धन्यबाद ब्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै करुणा फाउन्डेसन लिखुपिके गाउँपालिका संयोजक पदम बराइलीले कार्यक्रमको उदेश्यका बिषयमा प्रकाश पार्नुभएको थियो ।
लिखुपिके गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा लिखुपिके गाउँपालिका भित्रका वडा न २,३,४ र ५ वडा अध्यक्ष प्रहरी चौकी चौलाखर्कका प्रहरी प्रमुख महेश निरौला, गाउँपालिका अन्तरगत बिभिन्न शाखाका साखा प्रमुख पत्रकार लगायत अपांगता भएका ब्यक्तिहरुको सहभागिता रहेका थिए ।



















Discussion about this post