जन्मभुमि बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा न २ एर्माखुमा रहेको जन्मभुमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक उत्सब तथा साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश कुमार बस्नेतको अध्यक्षता तथा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन भएको हो ।

२६ जना सदस्यले २ हजार रकम उठाएर ५२ हजारबाट सुरु गरिएको सहकारीले हाल करोड कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष रमेश कुमार बस्नेतले बताउनु भयो । एक एक दाना जम्मा गरे संस्थाले आज यति ठुलो कारोबार गर्न सफल भएको सहकारी गाउँपालिका भित्र हुनुमा गाउँपालिकालाई समेत टेवा पुगेको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो । कार्यक्रम बोल्दै संस्थाका कोषअध्यक्ष ढालक बहादुर बस्नेतले संस्थाले ०७९/०८० मा गरेको कारोबार ८२९५४२१० रहेको बताउनुभयो । त्यस्तै ऋण लगानी ४५०२३८५३ ऋण लिने सदस्य संख्या २५५ र आर्थिक बर्ष ०७९/८० मा खुद नाफा १७३८७५२/९३ रहेको आर्थिक प्रतिबेदनमा प्रस्तुत गर्नुभयो । उक्त संस्थामा हालसम्म सेर सदस्य १०६१ रहेको जसमध्ये महिला ४५९ र महिला ६०२ र बालबालिका सदस्य १९९ रहेको संस्थाका सचिब तेज बहादुर बस्नेतले बताउनुभयो । साथै प्रतिबेदन मार्फत संस्थाको सेर पुँजी ६३८१९०० रहेको जगेडा कोष ३४९५५५४ रहेको पनि सचिब बस्नेतले बताउनुभयो ।
कार्यक्रममा ५० हजार भन्दा माथि सेर भएका सदस्यहरुलाई प्रोत्साहन स्वरुप ३ हजार प्रदान गरिएको थियो ।
त्यस्तै अन्य सेर सदस्यहरुलाई पनि सेर लाभान्स बितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता लगायतलाई नगद तथा सम्मान पत्रद्वार सम्मान गरिएको थियो । कार्यक्रममा बाल सदस्यहरुले बिभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा लिखुपिके २ का वडा अध्यक्ष मणिराज बस्नेत, बिभिन्न सरकारी तथा गैह सरकारी संस्थाका प्रमुख एबंम प्रतिनिधि शिक्षक, बुद्धिजीवी बिभिन्न सरोकारवालाहरु , सुरक्षाकर्मी ,पत्रकार लगायत सेर धनि सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमले पुरानै संञ्चालक समितीलाई निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार