रामेछाप:उमाकुण्ड गाउँपालिकाकाे चौथो संस्करण ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०’ आउने पाैष महिनामा हुने भएकाे छ । प्रतियोगितामा पालिकाका ७ विद्यालयका बिद्यार्थीहरूलाई विभिन्न खेलमा प्रतिस्पर्धा गराएर कार्यक्रम गर्न लागेको हो । पौष १ देखि ३ गते गरि ३ दिनसम्म सञ्चालन हुने राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारको प्रमुख आतिथ्यमा उत्घाटन समारोह कार्यक्रम हुनेछ । प्रतियोगिता उमाकुण्ड- १ गुम्देलमा हुने उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवारले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुने बिद्यार्थी खेलाडि करिव ४२० रहनेछन् । खेलकुद विकास समितिका अध्यक्ष सुनुवारका अनुसार प्रतियोगिताको लागी रू १८ लाख बजेट गाउँपालिकाबाट विनियोजन गरिएको छ । यस्तै, विजेता खेलाडिले नगद पुरस्कार, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छ । टिममा सहभागी खेलाडीमध्ये उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । साथै विधागत खेलहरूमा सर्वाधिक विजेता विद्यालय प्रथम द्वितिय तृतिय लाई ट्रफि तथा नगद पुरस्कार समेत वितरण गरिनेछ ।
प्रतियोगितामा सहभागी हुने विद्यालयहरू श्री महालङ्गुर मा.वि. उमाकुण्ड -०१, गुम्देल । श्री सिद्धेश्वर मा.वि. उमाकुण्ड -०२, बाम्ती श्री जनता मा.वि. उमाकुण्ड -०३, कुँबु श्री चण्डेश्वरी मा.वि. उमाकुण्ड -०४, प्रिती श्री सरस्वती मा.वि. उमाकुण्ड -०५, प्रिती श्री कैलेश्वर मा.वि. उमाकुण्ड -०६, गुप्तेश्वर श्री कास्थेम मा.वि. उमाकुण्ड -०७, भुजी । प्रतियोगितामा प्रतिस्पर्धा गराईने खेलहरू: भलिबल, कबड्डी, हाइजम्प, लङ्गजम्प, ज्याभ्लिङ थ्रो, सटपुट, दौड १०० मि, २००मि, ४०० मि, ८०० मि, १५००मि, ३००० मि, रिले ४×१००मि र ४×४००मि ।



















Discussion about this post