हामी सबैकाे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे सत्राैँ वार्षिक साधारण सभा सम्पन्न

सृजना बि.क.रामेछाप:हामी सबैकाे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे सत्राैँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । गाेकुलगंगा गाउँपालिका वडा नं १ मा स्थित हामी सबैकाे महिला बचत तथा ऋण सहकारी संस्थाकाे शनिबार सत्राै वार्षिक सधारण सभा सम्पन्न भएकाे हाे । गाेकुलगंगा गाउँपालिकाकाे उपाध्यक्ष उषादेवि कार्कीकाे प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएकाे हाे । कार्यक्रममा चुचुरेका ९ वटा टाेलबाट जेष्ठ सदस्यलाई सम्मान गरिनुकाे साथै बढी बचत र शेयर खरिद गर्ने सदस्यलाई सम्मान गरिएकाे बताईएकाे छ ।
२०६३ सालमा स्थापना भएकाे यस सस्थामा करिब २०० जना सदस्य छन् । साधारण सभामा करिब १५० जना सदस्यकाे उपस्थित रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै गाेकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले बचत गर्न अरु छिमेकी साथी संगी, छिमेकी दिदि बहिनीलाई आग्रह गर्नुभएकाे छ । उहाँले बचत गर्नले दुःखमा सहयाेग हुने र आवश्यकताहरु पुरा गर्न सकिने स्मरण गराउनुभयाे । यसैबिच उपाध्यक्ष कार्कीले आफु महिलाहरुकाे हक अधिकार व्यक्तिगत विकासमा लागि पर्ने प्रतिवद्वता जनाउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार