उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते

काठमाण्डौ – उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । त्रियुगाको अन्नपूर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ मा पल्टिँदा ३९ जना घाइते भएको र सबैलाइ उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
अभिभावक र विद्यार्थीहरु बनभोज खाएर फर्कँदै गर्दा बस पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार