सोलुखुम्बु:सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने पुर्नताजकी तालिम सम्पन भएको छ । जिल्लामा लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको गैर सरकारी संस्था रीड नेपाल र लिखुपिके गाउँपालिकाको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।

लिखुपिके वडा न ३ मा रहेको हिमगङ्गा मावि चौलाखर्कमा संचालित तालिममा पालिका भित्रका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने ५५ जना शिक्षकहरुको सहभागीता रहेको थियो । तालिममा एकीकृत पाठ्यक्रम कार्यन्वयनमा देखिएका चुनौती, विगतको तालिमको समीक्षा शिक्षण विधि, शैक्षिक सामग्री निर्माण, विद्यार्थी सिकाइ मूल्यांकन प्रयोग र अभ्यास र नेपाली अंग्रेजी,गणित र हाम्रो सेरोफेरो विषय लगाएतका विषय वस्तु समेटिएको तालिमकी प्रशिक्षक सुजाता राईले बताउनुभयो ।
तालिममा सहभागि शिक्षकहरुले तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्दै आफ्नो बिद्यालयको कक्षाकोठामा लागु गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले गाउँपालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न सक्दो लागिपरेको जनाउँदै रीड नेपालललाई धन्यवाद ब्यक्त गर्नुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले गाउँपालिकाको सबैभन्दा बढि रकम शिक्षा क्षेत्रमा लगानी भएकाले पनि यस्ता तालिम उपलब्धिमुलक बन्नुपर्ने धाराना राख्नुभयो । तालिममको समापन कार्यक्रममा बोल्दै शिक्षा शाखा संयोजक रेखराज बस्नेतले तालिमबाट प्राप्त गरेका सिपलाई शिक्षहरुले संधैब लागु गर्नुपर्ने बताउनुभयो ।

२०७८ सालमा एकीकृत पाठ्यक्रम सम्बन्धी ५ दिने तालिम प्रदान गरेको थियो सोही तालिमको पुनर्ताजगी स्वरूप यो तालिम संचालन गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले बताउनुभयो । तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक सुजाता राई, सरद गौतम, राजीव ढुंगाना, विष्णु प्रसाद उपाध्याय र अभिषेक शाहले गर्नुभएको थियो। रीड नेपालले यही प्रकृतिको तालिम खुम्बुपासाङल्हामु गाउँपालिका बाहेक अन्य पालिकामा पनि संचालन गर्ने जनाएको छ ।






















Discussion about this post