सृजना बि.क.रामेछाप:गर्जाङ्ग खिम्ती समाज सेवा समुहले देउसी भैलाेबाट रु १ लाख ७४ हजार बढि रुपैया रकम संकलन गरेकाे छ । गाेकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा अवस्थित गर्जाङ्ग खिम्ती सेवा समुहले २०८० सालकाे शुभदिपावलीकाे अवसरमा ३ दिन देउसी भैलाे कार्यक्रम सञ्चालन गरेकाे थियाे । साे अवसरमा उक्त संस्थाले १ लाख ७४ हजार १०५ रुपैयाँ जम्मा गरेकाे हाे । यस समुहले कार्तिक महिनाकाे २७, २८ र २९ गते गर्जाङ्ग, धाैले, खरानेटार बजार र छिमेकी जिल्लाकाे दाेलखाकाे जिरी नगरपालिका १ पुम्पामा संस्थाका सदस्यसहित अन्य बुद्विजिवी व्यक्ति, केटाकेटीहरुकाे सहभागितामा देउसीभैलाे कार्यक्रम सञ्चालन गरेकाे थियाे ।
संस्थाकाे मंसिर १ गते बसेकाे समितिकाे बैठकले उक्त रकम जम्मा भएकाे जानकारी गराउनुकाे साथै विविध निर्णय गरेकाे संस्थाका अध्यक्ष श्यामकुमार कार्कीले जानकारी दिनुभयाे ।
उहाँले प्राचिन कला र सस्कृतिलाई जगेर्ना गर्ने र संस्थाकाे आर्थिक अवस्थामा सुधार गर्ने उदेश्ले देउसी भैलाे कार्यक्रम संचालन गरेकाे बताउनुभयाे । साथै मंसिर १ गतेकाे बैठकले उक्त रकम खातामा जम्मा गर्ने र भविष्यमा आईपर्ने समस्यामा खर्च गर्ने निर्णय गरेकाे छ । यस्तै बैठकले विभिन्न उपसमितिहरु समेत चयन गरेकाे छ ।



















Discussion about this post