कस्ताे छ शनिबारकाे माैसम ?

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार