तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुहोस: प्रजिअ पाण्डे

सोलुखुम्बु:सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । वहाँले जिल्ला प्रशासन कार्यालयमा आज जिल्ला स्थित सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै सहि सूचनाको आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो ।

सेवा प्रवाहमा सुशासन र पारदर्शिता कायम गर्न, गलत पात्र र प्रवृतीविरुद्ध खबरदारी गर्नका लागि सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुहुँदै सञ्चारको विश्वसनियतालाई कायम राख्नका लागि समेत वहाँले आग्रह गर्नुभयो । समाचार माध्यममा प्रकाशन तथा प्रशारण हुने समाचारका आधारमा नागरिकले धारणा निर्माण गर्नका साथै विश्वास गर्ने भएकाले तथ्यहिन सामाग्रीहरु प्रचार प्रसार नगर्नका लागि समेत वहाँले आग्रह गर्नुभएको छ ।

प्रजिअ पाण्डेले जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुँदै नागरिकका गुनासोहरुलाई सम्बोधन हुने किसिमले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । वहाँले जिल्लामा सबै पक्षसँग सौहार्दपूर्ण समन्वय रहने समेत अपेक्षा राख्नुभएको छ ।

हिजो बुधबार प्रमुख जिल्ला अधिकारीको रुपमा सोलुखुम्बु आउनुभएका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) लाई सोलुखुम्बु जिल्ला स्थित सञ्चारकर्मीहरुले स्वागत गर्दै सञ्चारक्षेत्रबाट गर्नुपर्ने समन्वय र सहयोगका लागि तयार रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार