रामेछाप। उमाकुण्ड गाउँपालिकाले नागरिकलाई उनीहरूको घर दैलोमै गाउँपालिकाको सेवा प्रवाह गरेको छ ।
गाउँपालिकाका शाखाहरूबाट प्रवाह हुने सेवाहरू जनतालाई सहज होस भन्दै गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरी वडा कार्यालयबाट पालिकाको सम्पूर्ण सेवाहरू प्रवाह गरेको हो ।

एकीकृत घुम्ती शिविरको सुरुवात गर्दै उपाध्यक्ष सावित्री सुनुवारले जनतालाई उनीहरूको घर आगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गरेको जानकारी गराएकी हुन ।
उमाकुण्ड गाउँपालिकाले संचालन गरिरहेको एकीकृत घुम्ती शिविर अन्तर्गत दोश्रो दिनको एकीकृत घुम्ती शिविर वडा नं ६ गुप्तेश्वरमा सम्पन्न भएको सेवा प्रवाहमा,नेपाली नागरिकताको प्रमाणपत्र,पुरुष ६, महिल ६,जम्मा १२
त्यस्तै राष्ट्रिय परिचयपत्रको विवरण संकलन पुरुष २२, महिला १४, गरी जम्मा ३६ त्यस्तै
व्यवसाय दर्ता ४ जना, व्यवसाय नविकरण ८,अपाङ्गता परिचयपत्र(क) वर्ग १,
(ख) वर्ग ४, (घ )वर्ग १, जम्मा ६ जना
जेष्ठ नागरिक परिचयपत्र १ जना,योजना सम्झौता ४ जना त्यस्तै राजस्व संकलन २९१५०/ गरिएको गाउँपालिका उपाध्यक्ष साबित्री सुनुवारले सिधा प्रेसलाई जनाइन शिबिर शनिबार वडा न ४ प्रितीमा संञचालन हुने जनाईएको छ ।




















Discussion about this post