सोलुखुम्बु:जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा ह्वाई हिल्स इङगलिस सेकेण्डरी स्कुलकी याङजी शेर्पा प्रथम हुनुभएको छ । प्रतियोगितामा बिरेन्द्रज्योती माध्यमिक विद्यालयका नगेन्द्र बस्नेत द्वितीय र हिमगंगा माध्यमिक विद्यालयकी सदिक्षा बस्नेत तृतीय हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
विजेता तीनै जनालाई असोज ३० गते प्रहरी दिवसको अवसरमा पुरस्कृत गरिने प्रहरीले जनाएको छ । ६८ औं प्रहरी दिवसको अवसर पारेर आईतबार ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा निबन्ध लेखन प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा ६२ विद्यार्थीको सहभागीता रहेको थियो । जिल्लामा प्रथम हुने प्रतियोगिको निबन्ध प्रहरी हेडक्वार्टर पठाइने र त्यहाँ हुने प्रतिस्पर्धामा विजेता बनेमा त्यहाँबाट पनि पुरस्कृत हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



















Discussion about this post