फाप्लु अस्पतालका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

सोलुखुम्बु :सोलुखुम्बुको जिल्ल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पतालमै दुर्व्यवहार भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचार कै क्रममा सोमबार डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेको जनाइएको छ

अस्पताल प्रमुख डा. प्रशान्त शाहका अनुसार सोमबार दिउँसो करिब ४:३० बजे उपचारका लागि भन्दै मादक पदार्थ सेवन गरेर अस्पताल प्रवेश गरेका एक व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपात गर्दै अस्पतालमा समेत तोडफोडको प्रयास गरेका थिए ।
मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनामा परी उपचारका लागि आएका ती व्यक्तिले उपचारमा सङ्लग्न स्वास्थ्यकर्मीहरु माथि अपशब्द प्रयोग गर्दै जाइ लागेको अस्पतालले जनाएको छ ।

उनलाई सामान्य उपचार पश्चात् प्रहरीको जिम्मा लगाएको अस्पताल प्रमुख डा. शाहले बताए । घटनाको जिल्ला अस्पतालले भत्सर्ना गरेको छ । सोमबार राती एक विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्दको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार