रामेछापको उमाकुण्ड २ मा १७ औं विश्व रेबिज दिवस मनायो

रामेछाप:उमाकुण्ड २ बाम्तीभण्डारमा १७ औं विश्व रेबीज दिवस २०८० को अवसरमा रेबिज विरुद्ध निःशुल्क भ्याक्सिनेसन र चेतनामुलक कार्यक्रम संञ्चालन छ ।
वडाले वडाको बजार क्षेत्र भित्रका छाडा छोडिएको कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम गरेको २ नम्बर वडाका वडा अध्यक्ष खम्बध्वज बस्नेतले जानकारी दिनुभयो ।
आज बिहीबार सञ्चालन भएको उक्त कार्यक्रममा यस वडाको बजार क्षेत्रमा रेबिज रोगको रोकथाम गर्न छाडा छोडिएको कुकुरहरुलाई रेबिज बिरुद्ध निःशुल्क रुपमा गाउँपालिकाले पठाएको १४ वटा खोप लगाउने कार्य भएको पनि वडा अध्यक्ष बस्नेतले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार