सोलुखुम्बु:सोलुखुम्बुको मापयदुधकोशी गाउँपालिकाबाट झण्डै २ दर्जन मोतिविन्दुका बिरामी शल्यकृयाका लागि छनौट भएका छन् । पालिकाको वााकु, खास्ताव र कोफुमा सम्पन्न निशुल्क मोतिविन्दु छनौट शिविरबाट २३ जना मोतिविन्दुका बिरामी छनौट भएका हुन् ।
गत सोमबार प्राथमिक अस्पताल खास्तावमा भएको शिविरबाट ८ जना, मंगलबार कोफु स्वास्थ्य चौकीबाट ४ जना र आज विहीबार वाकु स्वास्थ्य चौकी वाकुमा भएको शिविरबाट ११ जना गरी २३ जना मोतिविन्दुका बिरामी छनौट भएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा ५५० जनाले आँखा परिक्षण गराएका छन् । खास्तावमा १५४ जना, कोफुमा ९६ जना र वाकुको शिविरमा ३०० जनाले आँखा परिक्षण गराएका हुन् ।
जिल्ला सामुदायिक आँखा केन्द फाप्लुले तिलगंगा आँखा प्रतिस्ठान काठमाण्डौँको सहकार्यमा खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेकका पालिकाहरुमा निःशुल्क मोतिविन्दु छनौट शिविर सञ्चालन गरिरहेको छ ।
उक्त शिविरबाट छनौट भएका मोतिविन्दुका बिरामीहरुको आँखा असोज २८ र २९ गते फाप्लुमा सशुल्क अप्रेशन गरिने आँखा केन्द्र प्रमुख विधान ताम्राकारले बताउनुभयो ।
माप्यदुधकोशीका शिविरबाट छनौट भएका मोतिविन्दुका बिरामीहरुलाई शल्यकृयाका लागि माप्यबाट फाप्लुबाट आउने–जाने यातयात खर्च गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।



















Discussion about this post