सोलुखुम्बु:रीड नेपालको आयोजनामा बाल अधिकार संरक्षण, लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । रीड नेपालको आयोजना अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा नेचा सल्यान गाउँपालिकाको समन्वयमा विद्यालयमा गठित बालक्लवका विद्यार्थीहरुका लागि तालिम सुरु गरिएको हो ।
तालिममा बाल अधिकार र संरक्षण, बाल क्लबको काम कर्तव्य र अधिकार, बालक्लब परिचालन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण बाल दुव्यर्वहार न्यूनीकरणमा बाल क्लबको भूमिका, गुनासो व्यवस्थापन संयन्त्र, अपाङ्गताका प्रकार तथा बालक्लबको वार्षिक कार्ययोजना निर्माण लगायतका विषयमा तालिम प्रदान गरिने रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो ।
महेन्द्रोदय माध्यमिक विद्यालयमा सुरु भएको तालिममा सल्यान क्षेत्रका ८ विद्यालयका २२ जना बालक्लबका पदाधिकारीहरुको सहभागिता रहेको शिक्षा विकास अधिकृत सुजता राईले जानकारी दिनुभयो ।
तालिमको अन्तिम दिन जेन्डर फोकल शिक्षकलाई पनि सहभागी गराइने रीड नेपालले जनाएको छ ।
यही प्रकृतिको तालिम नेचा क्षेत्रमा तथा ७ ओटै स्थानीय तहमा रीड नेपालले कार्यक्षेत्रका विद्यालयलाई लक्षित गरी संचालन गर्ने योजना रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले सोलु एफ एमलाई जानकारी दिनुभयो ।



















Discussion about this post