रामेछाप:रामेछापको बाम्तीभण्डारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक ‘दुई पाङ्ग्रे क्वीन्स’ ले मोटरसाइकल यात्रा (बाइक राइडर) गर्ने भएको छ । यो कार्यक्रममा सबै महिला/लेडीहरुले सहभागिता जनाउने छन् । कार्यक्रम असोज १२ गतेदेखि १४ गतेसम्म दुई दिने हुने छ । सोही कार्यक्रम उमाकुण्ड २ मा रहेका बिद्यालयहरूलाई खेलकुद सामग्री पनि वितरण गर्ने तयारी रहेको जानकारी गराइएको छ ।
‘घर देखि सहर’ भन्ने मूल नाराको साथ महिला/लेडी ‘बाइक राइडर’ ले काठमाडौँदेखि–दोलखाको जिरी–रामेछापको शिवालय–देउराली हुँदै उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तीभण्डार शोतर्मू सम्मको यात्रा तय गरेको वडा टोल सुधार समितिले रामेछाप टाइम्सलाई जानकारी दिएको छ ।
उताबाट पहिलो पटक आउन लागेको ‘बाइक राइडर’ टोलीलाई हामी यहाँ स्वागत सहितको कार्यक्रमको तयारी गर्दैछौं सोतर्मु टोल विकास समितिका अध्यक्ष गजेन्द्र बहादुर बस्नेतले सिधा प्रेससँग भने ।

सगरमाथा प्रवेशद्वारको पैदल मार्ग समेत रहेको बाम्तीभण्डार प्राकृतिक सौन्दर्यले भरिपूर्ण वडा हो । धार्मिक तथा पर्यटकीय दृष्टिले निकै महत्त्व बोकेको यस वडाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन राइडर गर्न लागिएको हो ।
वडामा पहिलो पटक हुन लागेको ‘लेडी’ ‘बाइक राइडर’हरुको यो यात्राले वडा भित्र रहेका धार्मिक तथा पर्यटकीय ठाउँको प्रचार प्रसार हुने विश्वास लिएको स्थानीय जीवन घतानेले रामेछाप टाइम्सलाई बताए । ‘यो राइडर यात्राले यहाँको ओझेलमा परेका प्रचारप्रसार गर्ने ठाउँको प्रचार गर्ने छ । विशेष गरी यहाँ अवस्थित शेर्पा हिलटप (एकनागी), थोदुङ गुम्बा परिसर, फाक्सिङ् डाँडा लगायत विभिन्न मठ मन्दिरहरूको प्रचारप्रसार तथा पर्यटकीय सम्भावना बोकेका ठाउँको यो कार्यक्रम मार्फत प्रचार हुँने छ ।
उमाकुण्ड गाउँपालिकाकै चर्चित पर्यटकीय क्षेत्र बाम्तिण्डारमा लुबु बजार, लुबुँ मन्दिर, फाक्सिङ डाँडा, रत्न ज्योति बजार, थोदुङ गुम्बा, बौद्ध, स्तुपाको लगायत चर्चित ठाउँ छन् । वडामा अवस्थित यी ठाउँहरूको अध्ययन र प्रचार गर्ने उद्देश्यले कार्यक्रम तय भएको ‘राईड’ टोली प्रमुख तुलसा पहाडीले बताइन् ।

महिला/‘लेडी’हरूबाट हुने यो ‘बाइक राइडर’ लामो यात्रा तय गरेकाले विभिन्न ठाउँको पर्यटन प्रवर्द्धन गर्न विशेष भूमिका खेल्ने स्थानीय जीवनको विश्वास छ ।
उनले थपे ‘नेपाली समुदायको परिवेशमा हेर्दा महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरू देख्न सुन्न र रमाउन पाइन्छ । तर,बाइक राइडर जोखिम सहितको यात्रा हुँदा सकरात्कम हो । ओझेलमा परेका विभिन्न शृङ्खलाको रमणीय दृश्य अवलोकनका साथै (Tourism Promotion through Motorcycling र Women on Wheels) को अवधारणालाई अगाडि बढाउन विश्वास पुग्ने छ । साथै एक तह माथि उठाउन लेडी राइडर (Lady Riders) हरू एकताबद्ध भएको र महिलाहरू पनि सक्षम छन् भने सन्देश समेत प्रवाह हुन्छ । यो हाम्रो लागि गौरवको विषय हुन्छ ।’
आउँदो असोज १२ गते काठमाडौँबाट सुरु भएर १४ गते बाम्तीमा आएर ‘दुई पाङ्ग्रे क्वीन्स’ बाइक राइडर सकिने छ । यसमा देशभरिका २०–२५ जना महिला÷लेडी ‘बाइक राइडर’हरू समावेश हुने छन् ।
यसको लागि वडा कार्यालय सहित १२ वटा टोल विकास संस्था र अन्य विभिन्न संघ संस्था समेतको सहकार्यमा कार्यक्रमको तयारी भइरहेको त्यहाँ युवा घतानेले जानकारी गराए ।
यसै विषमा रामेछाप टाइम्सले सोही वडाका वडा अध्यक्ष खम्बधोज बस्नेतलाई तपाईँको वडामा ‘लेडी’ बाइक राइडरहरुले प्रचारप्रसारमा टेवा पुर्याउन लागेछन् भन्ने प्रश्नमा ‘वडा अध्यक्ष बस्नेतले प्रचारप्रसारमा टेवा पुर्याउन राम्रो भएको बताए ।



















Discussion about this post