सोलुखुम्बु:माप्य दुधकोशी गाउँपालिकामा सम्पन्न एक दिने आँखा शिबिरमा १४४ जनाले सेवा लिएका छन । तिलगँगा आँखा प्रतिष्ठान र जिल्ला आँखा केन्द्रको संयुक्त आयोजनामा आज सम्पन्न शिबिरमा १४४ जनाले सेवा लिएका हुन । जसमध्ये मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने ८ जनालाई छनौट गरिएको सामुदायिक आँखा केन्द्रका प्रमुख विधान ताम्राकारले जानकारी दिनुभयो । यस्तै ३१ जनालाई चस्मा वितरण गरिएको छ ।
केन्द्रले जिल्लाका ७ वटा पालिकामा मोतिबिन्दुका बिरामीको छनौट शिबिर सुरु गरेको छ । जसमा कोफु स्वास्थ्य चौकी शिबिर सञ्चालन हुदै छ । शिविरबाट छानिएका मोतिविन्दुका बिरामीको असोज २८ र २९ गते फाप्लुमा हुने मोतिविन्दु शल्यक्रिया शिबिर हुने जनाएको छ ।



















Discussion about this post