सोलुखुम्बु:शैक्षिक सुधार गर्न लिखु पिके गाउँपालिका वडा न ३ सक्रिय रुपमा लागिरहेको छ । बालकालिकाहरुलाई खेल्दै सिक्ने बाताबरणको सृजना गर्न आफ्नो वडा भित्र रहेका ४ वटै बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरिरहेको वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले बताउनुभयो ।

आइतबार सिरुवा आधारभुत बिद्यालयमा बाल कक्षा देखि कक्षा ३ सम्म र कार्यलयलाई गरी सबै कक्षा कोठाहरुमा कार्पेट, म्याट, चकटि र राउन्ड टेवल तथा बाल कक्षाका खेलाैना, बालकथा किताब, विभिन्न शैक्षिक पाेस्टरहरु ड्राेईङपेपर,तथा बिभिन्न शैक्षिक साम्रगीहरुकाे ब्यबस्था वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत स्वयम उपस्थित भएर बितरण गरिएको सिरुवा आ.बि.की प्रधानध्यापक साबित्री खड्काले बताउनुभयो । उक्त सामाग्री बिद्यालयलाई प्रदान गरेकोमा बिद्यालय परिवारले वडालाई धन्यवाद ब्यक्त गरेको बिद्यालयले जनाएको छ । साथै यस्तो सामाग्रीले शैक्षिक क्रियाकलापमा थप टेवा पुग्ने बिद्यालयले जनाएको छ ।

यसअघि हिमगंगा माबिलाई यहि प्रकारको सामाग्री बितरण गरिसकिएको र अन्य २ वटा आधारभुत बिद्यालयलाई पनि उक्त सामाग्री प्रदान गर्ने वडा अध्यक्ष बस्नेतले सिधा प्रेसलाई जानाकारी दिनुभयो ।























Discussion about this post