सोलुखुम्बु:सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि पठन – पाठन गराउने निर्णय गरेको छ । विद्यार्थीहरुको पढ्न पाउने हकलाई मध्यनगर गर्दै सार्वजनिक बिदाको दिन अध्यापन गराइने जनाइएको छ ।
शिक्षा विधेयको विरोधमा नेपाल शिक्षक महासंघले गरेको आन्दोलनमा लिखुपिकेका अधिकाशं शिक्षकहरु सहभागी हुन गएकाले विद्यालय बन्द गर्नु परेको थियो । उक्त असरलाई विद्यार्थीहरुको अध्यापनमा परेको क्षतिलाई न्यूनिकरण गर्ने हेतुले सार्वजनिक बिदाको दिन पठन पाठन गर्ने निर्णय गरेकोे हो । आफु पनि पालिका अध्यक्ष हुनु पुर्व शिक्षण पेसामा आबद्ध रहेको हुदाँ शिक्षहरुको यस आन्दोलनमा आफ्नो पनि समर्थन रहेको लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो ।
साथै उहाँले विद्यार्थीहरुको पढ्न पाउने अधिकार भने हनन भएको महशुस गरेकाले त्यसकै समाधानका लागि विद्यार्थीको भविष्यलाई सुनिश्चित गर्दै जति दिन शिक्षक आन्दोलनले विद्यालय बन्द हुन्छ त्यति नै दिन ति विद्यालयहरुमा सार्वजनिक बिदाको दिन अध्यापन गराईने अध्यक्ष मिना कार्की बस्नेतले बताउनु भयो।
शनिबार लिखुपिके गाउँपालिकाको शिक्षा शाखामा अध्यक्ष मिना कार्की बस्नेत,शिक्षा शाखा संयोजक रेखराज बस्नेत, लिखुपिके अन्तगर्तका सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापकहरु लगायतको बैठकमा सो निर्णय गरिएको हो ।
शिक्षकहरुले पनि उक्त निर्णयलाई स्वीकार गरेर आईतबारबाट नै विद्यालयमा पठनपाठन गरी सार्वजनिक बिदाको दिन पढाउने निर्णयमा सहमति भएको सिधा प्रेसलाई बताए ।



















Discussion about this post