सोलुमा विभिन्न स्थानमा मोतीबिन्दु छनौट शिबिर चल्दै

सोलुखुम्बु:सोलुखुम्बुमा मोतिबिन्दुको छनोट शिबिर सञ्चालन गरिने भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिशष्ठान काठमाण्डौँको सहकार्य मोतिविन्दु शल्यक्रिया शिविर आयोजना गर्ने भएको हो । शल्यक्रियाका लागि तिलगंगाबाट वरिष्ठ नेत्र विशेषज्ञहरु फाप्लु आउने बताइएको छ । जसका लागि जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले असोज ५ गतेबाट २० गते सम्म जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेक ७ वटा पालिकाको विभिन्न स्थानमा निशुल्क छनौट शिविरको आयोजना गरेको छ ।

केन्द्रले असोज ५ गते चौलाखर्क स्वास्थ्य चौकी लिखुपिक, ८ गते माप्य ग्रामिण आँखा केन्द्र बासा र कोफु स्वास्थ्य चौकी, ११ गते वाकु स्वास्थ्य चौकी वाकु र महाकुलुङ प्राथमिक अस्पताल बुङ्ग, १२ गते प्राथमिक स्वास्थ्य केन्द्र सोताङ, १४ गते नेले हेल्थ क्लिनिक नेले र आधारभुत स्वास्थ्य सेवा केन्द्र नेचासल्यान ५ छनौट शिविर आयोजना गरेको छ ।

यस्तै १५ गते देउसा स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र नेचासल्यान ४ र केरुङ स्वास्थ्य चौकी, १६ गते रणेम स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र सल्यान १ र तिङला स्वास्थ्य चौकी तिङला, १७ गते नेचासल्यान ग्रामिण आँखा केन्द्र दोधी, १८ गते जुबु स्वास्थ्य चौकी जुबु र बेतघारी स्वाथ्य चौकी बेतघारी, २० गते वङ्छु मेमोरियल अस्पताल टाप्टिङ र पञ्चन स्वास्थ्य चौकी पञ्चनमा निशुल्क छनौट शिविर आयोजना गरेको जिल्ला सामुदायिक आँखा केन्द्रका इन्चार्ज विधान ताम्राकारले जानकारी दिनुभयो । सोलुखुम्बुको फाप्लुमा असोज २८ र २९ गते मोतिविन्दु शल्यक्रिया शिविर हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार