सोलुखुम्बु:विद्यालय शिक्षा विद्येक २०८०को विरुद्धमा शिक्षक महासंघद्वारा भएको काठमाडौं केन्द्रीत आन्दोलनबाट सम्पूर्ण विद्यालयहरु बन्द भइ पठनपाठन ठप्प भएकोमा लिखुपिके गाउँपालिकाको ध्यानाकर्षण भएको लिखु पिके गाउँपालिका शिक्षा संयोजक रेखराज बस्नेतले बताउनु भयो ।
बिहिवार शिक्षा युवा तथा खेलकुद शाखा लिखुपिकेको कार्यालयमा प्रधानाध्यापक तथा शिक्षक महासंघका प्रतिनिधि सगँ छलफल गरि महासंघको आन्दोलनलाई समर्थन गरी यथास्थितिमा विद्यालय बन्द गर्ने र बाकिँ शिक्षकहरू आन्दोलनमा सहभागी हुन जाने र यो आन्दोलनबाट हुनपुगेको शैक्षिक क्षतिलाई परिपूर्ति गर्नको लागि सार्वजनिक विदा तथा अन्य विदाहरुमा विद्यालय सन्चालन गरि शैक्षिक क्षतिलाई न्युनीकरण गर्ने निर्णय भएको शिक्षक संगठन लिखु पिकेका अध्यक्ष तथा शिक्षक महासंघ लिखुपिके गाउपालिका समितिका कोषाध्यक्ष किशोर कुमार बस्नेतले बताउनु भयो ।
शिक्षा शाखा संयोजक रेखराज बस्नेतको उपस्थितिमा उक्त निर्णय भएको जनाइएको छ । यसबाट बिद्यार्थीमा भएको असरप्रति आफुहरु क्षमाप्रार्थी रहेको पनि शिक्षकहरुले बताएका छन ।
आफ्नो अधिकार खोज्दा अरुको अधिकार हरण भएको छ कि भन्ने कुराको पनि हामिले उत्तिकै ख्याल गर्नु पर्ने भएकाले शिक्षा शाखालाई लिखु पिके गाउँपालिकाका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापकहरु र संघ संगठनका प्रतिनिधि सँग बैठक बसि शिक्षकको अधिकार साथै विद्यार्थीको पढ्न पाउने अधिकारको सुनिश्चितताको निस्कर्श निकाल्न भने बमोजिम र सोही अनुरुप आजनै बैठक बसि , जति दिन बिद्यालय बन्द हुन्छ त्यति नै दिन सार्बजनिक बिदामा अध्यापन गराइ बिद्यार्थीलाई परेको शैक्षिक क्षती न्यूनीकरण गर्ने निर्णय भएकोमा यो निर्णयको हृदय देखिनै स्वागत गरेको लिखु पिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो । शिक्षकहरुको आन्दोलनमा गाउँ पालिकाको एक्यवद्धता रहेको भन्दै अध्यक्ष बस्नेतले । सम्पुर्ण शिक्षकलाई आन्दोलनमा सरिक भइ आफ्नो अधिकार सुनिस्चित गर्नुहुन शुभकामना ब्यक्त समेत गर्नुभयो ।



















Discussion about this post