विद्यालय बन्द गरे कारबाही गर्ने काठमाण्डाै महानगरको चेतावनी

काठमाण्डाै:काठमाण्डाै महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज बुधवार निकाल्नुभएको सूचनामा विद्यालय बन्द गरेमा कारबाही गर्ने उल्लेख छ । आफ्ना माग पूरा गर्ने नाममा शिक्षकहरूका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु उपयुक्त नहुने महानगरको भनाइ छ ।
सूचनामा महानगरपालिका मातहतका विद्यालय भोलि बिहीवार सबै खुला गर्न भनिएको छ । महानगरले यसअघि पनि विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारीले बन्द हडताल गरेमा सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार