भोलिबाट लिखु पिकेका बिद्यालय बन्द गर्ने निर्णय

सोलुखुम्बु:नेपाल शिक्षक संघ सोलुखुम्बुले असोज ३ गतेबाट सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएको छ । जिल्ला अध्यक्ष लाल प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधयक २०८० को विरोधमा सहभाथी हुने भन्दै विद्यालय बन्दको घोषणा गरेको छ । सोही अनुरुप लिखु पिके गाउँपालिकामा पनि सामुदायिक बिद्यालय असोज ३ गतेबाट बन्द गरि शिक्षक तथा कर्मचारीहरु काकाठमाडौ केन्द्रित सडक आन्दोलनमा अनिवार्य सहभागी हुने नेपाल शिक्षक संगठन लिखुपिके गाउँ पालिकाले निर्णय गरेको संगठनका कोष अध्यक्ष किशोर कुमार बस्नेतले बताउनु भयो । यस्तै संस्थागत विद्यालयहरु स्थानिय सरकार विद्यालय व्यवस्थापन समिती अभिभावक तथा विद्यार्थीहरुलाई समेत सहयोग गरिदिनुहुन अपिल गर्ने निर्णय गरिएको पनि सुचना मार्फत जानाकारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार