सोलुखुम्बु:नेपाल शिक्षक संघ सोलुखुम्बुले असोज ३ गतेबाट सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएको छ । आज जिल्ला अध्यक्ष लाल प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधयक २०८० को विरोधमा सहभाथी हुने भन्दै विद्यालय बन्दको घोषणा गरेको छ ।
असोज ३ गतेबाट बन्द गरि सम्र्पूण शिक्षक तथा कर्मचारीहरु काकाठमाडौ केन्द्रित सडक आन्दोलनमा अनिवार्य सहभागी हुनको लागि आज बसेको आन्दोलन परिचालन समितिको बैठकले आह्वान गर्ने सहमति भएको छ । यस्तै संस्थागत विद्यालयहरु स्थानिय सरकार विद्यालय व्यवस्थापन समिती अभिभावक तथा विद्यार्थीहरुलाई समेत सहयोग गरिदिनुहुन अपिल गर्ने निर्णय गरिएको अध्यक्ष लाल प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।



















Discussion about this post