सोलुखुम्बु:हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजलाइ मध्यनजर गर्दै सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा बिभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपालिकाको आयोजनामा तीज बिशेष गायन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजित कार्यक्रममा गायन प्रतियोगिता,म्युजिकल चियर कार्यक्रम र घैँटो फुटाउने जस्ता कार्यक्रम सम्पन भएका हुन ।

तिज गीत गायन प्रतियोगितामा लिखुपिके गाउँपालिका भित्रका बिभिन्न वडाहरुमा रहेका संघ संस्थाहरु गरी जम्मा १६ टिमको सहभागिता रहेको थियो । जस मध्य प्रथम लिखुपिके गाउँपालिका वडा न २ मा रहेको हिमालयन महिला आमा समुह , लिखुपिके ३ मा रहेको कालिकादेबी आमा समुह द्वितिय, र तृतिय लिखुपिके ४ मा रहेको जनसेवा स्वास्थ्य आमा समुहले हात पारेका छन । भने सान्त्वना स्थान लिखुपिके ३ मा रहेको काफ्लेचौर आमा समुह भएका छन । बिजय प्रतियोगिहरुलाई क्रमश नगद रु १०, हजार, ८ हजार ६ हजारको साथमा सिल, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने सान्त्वना लाई नगद रु ४ हजारको साथमा प्रमाणपत्र बितरण गरिएको छ ।

त्यस्तै घैटो फुटाउने तर्फ प्रथम लिखुपिके २ की गायत्री खतिवडाले हात पार्नु हुनुभएको छ । उहाँलाई २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै म्युजिकर चियर तर्फ प्रथम लिखुपिके ४ की सुमित्रा दाहाल,द्वितिय लिखुपिके ३ की रमिला बस्नेत र तृतिय लिखुपिके ४ की बिष्णु कार्की हुनुभएको हो । बिजेताहरुलाई क्रमश नगद रु ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ । बिजय प्रतियोगिहरुलाई गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत , उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा तथा प्रमुख शासकिय अधिकृत सुनिता उप्रेती लगायले पुरस्कार बितरण गर्नुभएको हो । कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष कार्कीले हरितालिका तिजको सबै महिलाहरुलाई शुभकामना दिँदै प्रतियोगितामा उपस्थिति जनाउने लिखुपिके बासीहरुमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले सार्थकता पाउने बताउनुभयो । त्यस्तै उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले सबै गाउँपालिका बासीहरुलाई तिजको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अन्तर्गतका वडा न २, ३,४ का वडा अध्यक्ष सदस्य लगायत लिखुपिके बासी दिदिबहिनीहरु लगायतको बाक्लो उपस्थित रहेको छ ।
हरितालिका तिजको अबसरमा गाउँपालिका बासीहरुको बाक्लो उपस्थिति रहेको थियो । गाउँपालिकाले तिजको अबसमा दर खाने कार्यक्रम समेत राखेको हो ।





















Discussion about this post