सोलुखुम्बु :बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस सोलुखुम्बु को सल्लेरीमा सम्पन्न भएको छ रीड नेपाल र सोलुदुधकुण्ड नगरपालिकाको सयुक्त आयोजना संचालित कार्यक्रम आधारभूत तहमा समावेशी शिक्षा आजको आवश्यकता शिर्षकमा निबन्ध प्रतियोगिता तथा मा वि स्तरीय लैंगिकमैत्री विद्यालय निर्माणमा बाल क्लबको भूमीका शिर्षकमा आयोजना गरिएको थियो, जसमा निबन्ध प्रतियोगितामा ह्वाइटहिल्स बोडिंग स्कुलकी छात्रा स्वस्तिका राईले प्रथम स्थान हासिल गरिन भने गार्मा मा वि की छात्रा अनिसा कुलुङ द्वितीय स्थान हातपार्न सफल भइन भने भीमसेन मा वि की छात्रा गोमा भुजेल तृतीय र सान्त्वना जनजागृति आ वि का मिलन राईले हात पारे कार्यक्रममा १८ जना विद्यार्थीको सहभागिता रहेको थियो।

त्यस्तै मा वि स्तरीय वक्तृत्वकला तिर गार्मा मा वि की छात्रा सपना बस्नेत प्रथम बालेश्वर मा वि की छात्रा कान्छी माया शेर्पा द्वितीय, चागेस्थान मा वि की छात्रा तृतीय र ज जा माबी कि छात्रा जानुका लामिछाने सान्त्वना भइन कार्यक्रममा १९ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
साथै बालबालिका संग मेयर अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ कार्यक्रममा बालबालिकाहरुले विद्यालयसंग सम्बन्धित विभिन्न समस्याहरु लैंगिक मैत्री शौचालय खेल मैदान विज्ञान प्रयोगसाला, शिक्षक अभाव , फोहर व्यवस्थापन बारे मेयरसंग प्रश्न गरेका थिए करिव १५ जना विद्यार्थीले आफ्ना जिज्ञासा राखेका थिए उक्त जिज्ञासाको जवाफ सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले दिएका थिए , मेयर शेर्पाले आफ्नो प्राथमिकता मा शिक्षा रहेको बालबालिकाको भविष्य प्रति आफु सचेत रहेको भन्दै समस्या समाधानमा नगरपालिका लागि पर्ने विस्वास दिलाएका थिए अन्तरक्रिया कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गरेका थिए ।कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी हरुले गीत कविता नृत्य प्रस्तुत गरेका थिया भने कार्यक्रम ज जा आ वि बाट र्याली सहित बजार परिक्रमा गरी समीक्षा हलमा औपचारिक रुपमा परिणत भएको थियो र्याली कार्यक्रममा ८०० बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो
कार्यक्रममा विजेता लाई क्रमश ८००० , ६०००, ४०००, ३०००, नगद र प्रमाण पत्र वितरण गरिएको थियो।

समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, उप मेयर गान्धी माया तामाङले शुभकामना व्यक्त गर्नु भएको थियो भने सम्पूर्ण कार्यक्रम संचालन सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गर्नु भएको कार्यक्रम नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो



















Discussion about this post